बोलु भने बोल्न दिदैन , हासु भने हास्न दिदैन , खुशी साथ् बाच्न पनि दिदैन साले जिन्दगि ;
सबै हासी खुशी रमाइरहेछन् , म त पागल भै नाचू भन्दा नाच्न पनि दिदैन साले जिन्दगि
मेरो त दिलै प्वाल परेको छ सब ले मेरो जिन्दगि चिहाए हुन्छ ,
भो अब त प्रदर्शन गर्दिन , टालीदिन्छु दुख का भ्वांग भन्दा टाल्न पनि दिदैन साले जिन्दगि ;
सबै हासी खुशी रमाइरहेछन् , म त पागल भै नाचू भन्दा नाच्न पनि दिदैन साले जिन्दगि
के गर्नु बचेर सबै को छिछि र बिचरा मात्र सुनेर ,
सबै को दया को पोको कन्टेनर मा हाल्दिन्छु भन्दा हाल्न पनि दिदैन साले जिन्दगि ,
सबै हासी खुशी रमाइरहेछन् , म त पागल भै नाचू भन्दा नाच्न पनि दिदैन साले जिन्दगि
अरु त अरु आफ्नै प्रियसी त अर्कै संग पोइल गइ ,
छोड अब त म पनि भाग्छु म बाट भन्दा भाग्न पनि दिदैन साले जिन्दगि ;
सबै हासी खुशी रमाइरहेछन्, म त पागल भै नाचू भन्दा नाच्न पनि दिदैन साले जिन्दगि
बोलु भने बोल्न दिदैन , हासु भने हास्न दिदैन , खुशी साथ् बाच्न पनि दिदैन साले जिन्दगि ;
सबै हासी खुशी रमाइरहेछन् , म त पागल भै नाचू भन्दा नाच्न पनि दिदैन साले जिन्दगि
No comments:
Post a Comment