दियो हौ यदी तिमी भने बल |
बलेको दियो लाई यता उता घुमाएर बढी उज्यालो दिन वाध्य गराइन्छ | हावा को झोक्काले निभाउन खोजे हावा लाई थप्पड हान्दै दियो बाट टाढा भगाईन्छ | निभ्न फेरी आटे बल्न प्रेरणा दिदै घ्यु तेल थपिन्छ| बलेकै दियोको पूजा सबैले गर्छन्| बलेकै दियोले आरती उतार्छन अनी दियो बालेरै शुभ कार्य को कामना गर्छन्|दियो बलेनै सबैले दियो लाई एक्पटक हेर्छन , गर्ने ले नमस्कार गर्छन् नगर्ने ले पनि पोल्छ कि भन्ने डरैले मात्र भएपनी दियोलाई सम्मान गर्छन्| दियो ले मात्र एक्चोटि बल्न सक्नु पर्छ बाँकी उस्को सेवा अरु ले नै गर्छन्| बच्चा ले जिस्केर फुकेर ननिभाये बलेको दियो निभाउने कि त निठुरी हावा हुन्छ कि प्रसाद चढाको पुरी हुन्छ नत्र कसैले ईच्छा गर्दैनन र आट्दैनन पनि बलेको दियो निभाउन|
तर बल्दै नबलेको दियो घुमाएर कस्ले खोज्छ उज्यालो? कस्ले छेकिदिन्छ कठोर् हावा को झोक्का लाई, आएर सिधै बज्रिन्छ दियो माथि नै| कस्ले गर्छ नमस्कार; अनी न हुरी ले निभाउछ न पुरी ले किन कि उ बलेकै छैन | पोल्छ भन्ने डर पनि छैन अब त बचैले पनि तुरी गर्दिन्छ त्यस्मा अनी आईमाई को पनि चुरी बज्रिन्छ तेस्मै|
त्यसैले एक झिल्क भएर बल्न सिक बले पची निभ्छु भनेर न्आत्तिउ, बलेपछी निभ्न नदिने धेरै छन किन कि सबैलाई लोभ छ उज्यालोको तर यती स्वार्थी छन कि आँफै आएर बाल्दैनन|
त्यसैले बल | छिटो बल र चर्को बल |
No comments:
Post a Comment