आज कता बाट आखा उठाको, स्तब्ध भए । बडो आकर्शक दृश्य मा गएर आँखा, मन रोकियो । आकाश को कान्व्यास बादल को रंगले पोतेको ! चन्द्रमा ले नि lighting मा masters नै गर्यारैछ क्यार, कस्तो मज्जा ले angle मिलाएर लाईटिङ गरेछ ।
शब्द ले त्यो भाब पोख्नै सक्दैन, भार मात्र थप्छ, तर आज सम्म उति ध्यान नदिएर होला, मैले प्रथम पटक यस्तो दृश्य देख्दै थिए ।मान्छे ले आकाशमा के राम्रो देख्दा रैछन र साहित्यकरहरु त्यस्तो बखान गर्छन् भने जस्तो लाग्थ्यो, आज त आफै मन्मोहित ।छेवै मा प्रेमिका भैदेको भए देखाउथे ऊनी लाई , म्वाइ खाने मौका नि पाइन्थ्यो होला:) । धेरै रोमान्टिक सोच अघी नबढाउदै मन थामिहाले, नभा प्रेमिका कता बाट ल्याउनु । कसैलाई देखाउन त पाइन तर मन सार्है हर्शित थ्यो, चित्र कोर्न आउने भए कोर्थें ।
बुढालाई मोडर्न आर्ट गर्ने मूड चलेछ आज, मन मनै सोचे । पहिलो पटक आज मलाई मोडेर्न आर्टको पनि भाब हुदो रैछ, ओइसै बनको होईन रैछ जस्तो लाग्यो ।
एकै छिन घोरिए पछी सोचे यो साला भगवानलाई मोडर्न आर्ट नि गर्न आउदो रैछ है के सार्हो talented हो । अनि फेरी सोचे भगवान त महान कलाकार हो नि, script लेख्ने, action दृश्य, stunt गर्ने देखी मोडेर्न आर्ट सम्म भ्याइदिने । script मात्र कती थरी लेख्न आउने! कती धेरै "कहाँनी मे twist सोच्न सक्दा रैचन् बुडा ले ।
भोली मनब अधिकार बादी भनौदाले भगवानलाई " बुडा " भन्यो " बुडी " पनि त हुन सक्छ नि , लैंगिक् असमानता गर्यो भनेर मुद्दा हाल्नु भन्दा अगाडी नै खूलाई हालौ, मैले महिला लाई कम्जोर भन्या हैन , भगवान भन्ने बित्तिकै म दार्ही लामो भको लौरो टेक्ने बुडा देख्छु, केटी ले नि दार्ही पाल्दा रैचन मास्तिरा भने मलाई थाहा छैन । मेरो कलिलो मस्तिस्क मा भएको अर्को भगवान को फोटो भनेको बाघ को छाला मात्र कम्मरमा बेरेको image छ । म भगवानले (केटी भए) topless modelling गर्छन् भन्ने कुरा उति मन्दिन! माथि न cybersansar न साप्ताहिक ।
यसो घोर्ले, फेरी भगवानको कलाकरिता सोच्दै । निखिल उप्रेती ले नै सिकाको रैछ कि क्या हो stunt पनि क्या खतरा दिने त ल, पुरै बिस्वो नै हल्लिने गरी ।अस्ती भर्कर Chile मा हाम फालेछन ।
कुन चै फिलिम को लागि हो कुन्नी अस्ती मत्तितेल मुख मा हालेर आगो फुक्ने stunt गरेचन्, पुरै आकश खरानीले ढ्याम्मै । Iceland मा पिलेन नै उडेन ।यूरोप भरी उडेन क्यार।
रुन त यस्तो कडा रुन्छ यो भगवान, कृष्ण भिर त आसु ले ख्वात्तै । अब यत्रो कलाकारइता गर्ने celebrity पर्यो , अज भोली पैसाले मातेछ क्यार, cocaine धेर खाएर shooting spot म ढिलो ढिलो आउछ । Summer shooting मा हिउ पार्छ, winter shooting ma टन्टलापुर घाम। अलि रिसाको नि छ रे, गिरिजा लाई उता पठाइदियो रे भनेर, गएर भगवान को कुर्सी मा बसेको छोड्दै छोडेन रे गिरिजा ले । संबिधान सभा बनाएर नयाँ संबिधान ल्याउछु भन्छ रे, प्रचन्डेलाई नि छिट्टै लान्छु भन्थ्यो रे संबिधान सभा लम्ब्याउन ।
अस्ती रिसाएछ, मान्छे चै पिलेन लाम्बोर्घिनी चद्ने मलाई चै चरा , मुसा ? एउटा प्लेनको पाङ्रा नै अड्काइदेछ २०० जना च्वाट। आज फेरी एउटा प्लेन उठाएर घोप्ताइदेछ १५० जना स्वाह । नपत्याको ? रज्निकान्तले ambassador उठाउँन सक्छ भगवानले प्लेन उठाउँन सक्दैन ? का त्यो TamilNadu को superstar का यो पुरा Universe को ।
जुन लजाइ । मुसुक्क :) हाँस्दैछ ।अगी बादल ओढेर बसेकी थि, हावा ले उढाएछ । कती हेरिरा जा भित्र, लाज नभाको! भन्दैछ । लौ त जानै पर्यो नि फेरी भागवन हिरो रिसयो भने त, उस्को main हिरोईन लाई side हान्यो भनेर । अब गएर सुत्नु पर्यो । तर माने भगवान तलाई, तँ खतरा कलाकार रैछस्, मोडेर्न आर्ट गर्ने!!!
Dammi piece bro... I suggest U shud write more of these.. Its as gud as the 'Swarga bunk' published in Nagariknews.. Keep up the gud work brother :)
ReplyDeleteThanks Sachin, I dont think it is of that high standards to be compared with Swarga bunk, thanks for the inspiration. Will try to write further.
ReplyDeletegreat one !!
ReplyDeleteएकै छिन घोरिए पछी सोचे यो साला भगवानलाई मोडर्न आर्ट नि गर्न आउदो रैछ है के सार्हो talented हो :)
damiiiiiiiiiiiiiii
Thanks Aashis, learning from you :)
ReplyDelete