हावाको झोक्का
निलो आकाश सबै स्वोच्छ सबै निस्चल छर्लङ्ग
तर एक हावा को झोक्काले कालो बादल थमाइदियो आकाश छेक्न
अर्को टुक्रा बादल आयो आकाश नै छेक्न
अब फेरी हुरी घन घोर - बादल जुधाउन
घन घोर बर्षा कस्ले थाम्ने, स्वयम आकाशले पनि सक्दैन
छाता मुनी बसेर बर्षा नदेखेको नाटक
तर सब देखेकै छ, जिउ नभिजेनी मन त भिजेकै छ
चिप्लेर लडुला की भन्ने दर अब उत्पन्न भयो
निलो आकाश तड्कारो घाम कस्लाई लाग्थ्यो चिप्लुला भन्ने दर
तर आज प्रत्यक पाइलामा लर्खराइरहेछन खुट्टा हरु
अब बादल बोडार्ने कुचो बनाउनु छ
हैन भने अर्को एउटा हावाको झोक्का कुर्नु छ
जस्ले बादल लाई उडाएर लगोस
तर कास पानि नै नपरेको भए
तर फेरी बादल नै नलागेको भए
बादल evaporation ले बनेको हो
तर के भो बादलले पानी त condensationले पारेको हो
तर दोष न evaporation को हो न condensation को
न त यो हावाको झोक्कको
की दोष आकाशको जस्ले आफ्नो रूप बिगारछ भन्ने थाहा हुँदा हुँदै
कालो बादल राख्यो अनुहारमा पोतेर
की त दोश धर्तीको पानी पर्ना साथ चिप्लो भको भएर
तर मात्र एक हावाको झोक्काको देरी हो फेरी घाम लाग्ने छ
सब सुकीजानेछ
तर कहिले आउछ त्यो हावाको झोक्का
Evaporation र Condensation लाई गाली नगरौ मात्र
आकाश र धर्ती लाई दोष नथोपरौ
एक्पटक् सोचौ
तिमी सम्हालिएर हिड त
हात मा हात दिएर
कसरी लड्छौ?
जती सुकै पानी परे पनि के?
मात्र छाता प्वाल पर्न नदेउ अरु केही हुँदैन
निमोनिया त हुँदै हुँदैन
किन कि छाती त भिजेकै छैन
मात्र बाटो हिलो भएको न हो
ज्वोरो सम्मा आउला कि, तर कसरी
टाउको मा त एक छिट्टै पानी परेको छैन
पाइन्ट हिलो भयो कि?
छैन किन कि पहिले नै हिलो प्रूफ बनाएर लगाको हो
त्यसैले शिर ठाडो गरेर सामना गर त्यो हावाको झोक्का को।
No comments:
Post a Comment