रहर हुँदा डर उम्लिएर आउँछ
रहरै नभए डर पनि बिलाउँछ;
त्यसैले मलाई औधी डर लाग्छ
जब मनबाट भुर्र डर भाग्छ
हासिकन जब म बहादुर भन्छु
झन्झनै म त काथर् बन्छु
भो म लाग्दिन अब निडर बन्न
थर्थराउदै बरु रोकिन्न रहर गर्न
पुग्नै नपरे कहीं बाटै भुलिन्न
रहरको बाटो खोजी तर गलिन्न
डरैडरले कहिले त म मुर्छै पर्छु
तर म निरन्तर तिम्रो रहर गर्छु
No comments:
Post a Comment