Monday, October 15, 2012

मानसिक लडाइ लड्दै गोर्खे



नेपाली छोरो हुन धेरै गार्हो छ । घर बसेर बुवा आमासँग बसेर दशै मनाउ भन्यो भने खशी किन्ने पैसा कमौन सकिदना । बाहिर बिदेश म बसेर दुइत खसी किनेर घर पठाए नि बुवा आमा को मन खुशी हुँदैन । छोरो भए कती रमाएर खसी खन्थ्यो ऐले भन्ने पिरलो मै बसिरह्न्छन । यो खसी र खुशी को बिच को कस्तो बिदम्ब्ना ।
नेपाली श्रीमान हुन झनै गार्हो । घर बसेर माया दिउ, सारी दिन सकिन्न । सारी दिउ माया दिन सकिन्न । नेपाली प्रेमी हुन त झनै गार्हो, मन परेको मान्छे बिदेश मा । प्रेमिका लाई नेपाल जाउ भनु भने पैसो कमाइदैन । बाहिर मात्र बसेर माया बाच्दैन । यो परिवरिक दुख लडिरहेक नेपाली सबै गोर्खे सारी नै बहादुरी क साथ लडिरहेछन । तर के का लागि ? यो युद्ध बाध्यता हो कि रहर ?

Sunday, August 19, 2012

रहर र डर



रहर हुँदा डर उम्लिएर आउँछ
रहरै नभए डर पनि बिलाउँछ;
त्यसैले मलाई औधी डर लाग्छ
जब मनबाट भुर्र डर भाग्छ

हासिकन जब म बहादुर भन्छु
झन्झनै म त काथर् बन्छु
भो म लाग्दिन अब निडर बन्न
थर्थराउदै बरु रोकिन्न रहर गर्न

पुग्नै नपरे कहीं  बाटै भुलिन्न
रहरको बाटो खोजी तर गलिन्न
डरैडरले कहिले त म मुर्छै पर्छु
तर म निरन्तर  तिम्रो रहर गर्छु