म त बिकास देख्छु !
"अहिले त अब सगरमाथाको सबै गाउँमा बाटो छ| बाटो भएको ठाउँमा सुपर गैहाल्छ| केही गार्हो छैन आजभोलि त|" दोलखा जाने गाडीको ड्राइभरले निकै ठाटका साथ भने| यसो सोचे "ए हो त है, हामीले बिकासै नगरेको नि हैन होला |"
सानो हुँदा साइकल चलाऊने खुबै रहर लाग्थ्यो | आफु भन्दा डेढ फूट ठुलो साइकल चलाऊन अलि हम्मे हम्मे नै पर्थ्यो तर साइकल डोराएरै भएपनी त्यो मजा लिइन्थ्यो |साइकल डोराएर चलाको धाक दिइन्थ्यो|अझै याद छ, परिक्ष्याको बेलामा पनि पढ्न बस्दा साइकल चलाऊनु पर्ने, तर दाइले गाली गर्ने हुँदा हरेक दस्-दस मिनेटमा टोइलेट लागेको बहाना पार्थे|बार्ह कक्ष्यामा पढ्दासम्म पनि साइकल चड्न पाये खुबै मज्जा लग्थ्यो |अहिलेका पुच्छर फर्केका Pulsar मा कम्मर मर्काएकी तरुनी बोकेर हिंड्ने Korean generation लाई त्यो मज्जाको खासै पारख नहोला | धेरै पछी साइकल चड्ने मौका मिलेकाले अलि लामै बेर खुट्टा तन्काउन मन लाग्यो र लाँगे हरिसिद्धी तिर |
जाँदा बाटोमा बन्दै गरेका र बनिसकेका Apartment (अपार का मेन्ट)हरु देख्दा प्रश्न उठ्नु स्वभाबिकै हो, हामी त संसार को दोस्रो गरीब देश हैन र? हरिसिद्धी पुगेपछी Toyota Hiace (ध्यान मा रहोस् लोकल गाडी हो यो माईक्रो बस, नाम मात्र माईक्रो हो, यस्को दाम, यस्मा अट्ने (खाँदिने ) मान्छे र यस्को हर्न सबै म्याक्रो छन्|) को हकाइ र पाँचमुखे हर्न (थिछे पछी तीस सेकेन्द जती कुनै हिन्दी गीतको लयमा बज्ने) बाट अलि टाढा हुन मन लागेर एउटा कच्ची बाटो समाते| "I wish I was a Neutron bomb..." मेरो चार बर्ष पुरानो MP3 player मा बजिरहेको थियो | देखावोटी पना र खोक्रो आडम्बरको खासै सोखिन नभएकाले ipod, itouch, iphone,galaxy, blackberry, त छैन तर एही Sony Walkman ले पनि बाको पालामा काध्मा बोकेर एन्टेना थडाएर घन्काएर हिंड्नुपर्ने घोर्ले रेडियोको भन्दा त सुबिधा त दिएकै छ|
एक्दिन भाईले भन्थ्यो "के मोबाईल बोकेको यस्तो, आज्कल त खलासी ले पनि यो भन्दा राम्रो मोबाईल बोक्छ |" एक्छिन अलि चसक्क त भयो तर पनि मेरो Nokia ११६० जिन्दबाद| खासाले खासाकै काम fगरेको छ, उ बेलामा मैन्टोल किन्न नसक्ने ले ऐले मोबाईल टल्काका छन् |
"हेल्लू$$$$$$ a बाबु आज भैंसीले चार माना दुध दियो तर कुखुराले अझै अन्डा पारेको छैन, के भा हो ल न के गर्नी होला?"
"हेल्लो ah म ऐले गठाघर पुगे, ए ल ल अहिले राखे है पैसा उठाउनु पर्यो क्या passenger को"
"बेबी, खानामा के खायौ, कती गास खायौ, मेरो लागि खायौ कि खाएनौ नि? अनी थाहा छ आज मलाई तिमीले Mall घुमाउछु भनेका थियौ|"
" हेल्लो सर आज हामी क्लास आउन भ्याउदैनौ, विद्यार्थी संगठन को चुनाव छ "
" सुनिस्यो त आउन्दा खेरी KFC बाट एउटा bucket ल्याइस्यो ल आज मेरो कम्मर दुखिराछ खाना बनाउन सक्दिन ....U r so sweet hubby "
" हेल्लो त के भन्छ अस्ति हामीले दुई ढोका पालिश गरेको पैसा बाँकी छ नि हुजुर कहिले दिनुहुन्छ?"
"बाबा म काठमाडौं मा ठिकै छु, के छ नि स्याङ्जा तिर? ल छिट्टै दस हजार जती पठाइदिनु ल "डो" नभएर rag भैसक्यो के |"
जय मोबाईल !!!!
कच्ची बाटो अघी लाग्दै जादा देखिरहेथे बिच बिचमा cement क होचा होचा पर्खाल लागेका थिए, Plotting गरेका अरे| गाजर र मुला फल्ने ती खेतले आजभोलि त घरै फलाउन थालेछन|
एक्छिनमा ३-४ वटा पिध फर्केका Pulsar, Apache ले जिते मलाई|अली अघि पुगेर बहान बाट ओर्लेर तेइ पर्खाल लागेको खेत तिर औल्याउन्दै कुरा गर्न थाले| एउटा ले भन्दै थियो का सक्नु ६० मा त ५५ त मेरै परेको हो, ८० सम्म किन्ने मान्छे मिलाउ म दिन्छु ल | सय हजार को खासै कुरा हुँदैन उनिहरु बिच , करोड त अलि हैन होला सोच्छु| लाख रुपैयाँ त यसरी खेलाइदिन्छन, मैले १ माना बदाम किन्न बरु दुई चोटि सोच्छु होला, यिन्ले ३ आना जग्गा त तु बैना गर्दिन्छन। यी हुन् आजका भग्वान् दलालका रुपमा। लक्का जवानलाई केटी दिनेको भिड छ, अलि बुढाको छोरी ज्वाँई भेट्न अष्ट्रेलिया जाने लिड छ। Capitalism हो कि यो फटाहा lism दैव जानुन्।
हिड्दै जादा पाउरोटीको बास्ना आएपछिमात्र होश पाए, ठैब पुगिसकेको रैछु Mabacos पाउरोटीको अगाडि।८ रुपैयाँमा एक पाउन्ड पाउरोटी ल्याको दिन्को ३ दिन सम्म घरमा ताउरोटी पकाउन पर्दैन थ्यो उ बेलामा। अहिले २४ रुपैयाँ पुगेछ, size अलि सुकेछ, साहुको भुँडी अलि धेरै नै फुलेछ।
एक्छिन थकाई मार्न बसेर मुन्टो दादाडाडातिर बंग्याएको थिए, माथि डाडामा रातो माटो झरेको देखे, पहिरो गएछ भनौ भने हिउँद हो, आजभोलि बर्खामा त Discount मा पानी पार्छन भगवानले हिउँदमा पानी पार्न त १६% ब्याज माग्छन् होला। एकैचिन पछी सम्झे ए यो त नेपाली उध्योग Plotting पो रै'छ। उत्साही भये म maathi नै गएर निरिक्ष्यण गर्न।
निरिक्ष्यण रिपोर्ट अब अर्को Loadshedding मा बयान गर्नेछु। प्वाले गोरुको जस्तो रातो कपाल बनाएका दाजुभाइ तथा बाबियोको कुच्चो भन्दा straight कपाल बनाएका दिदी बहिनीमा यो पाखेको जदौ। हाम्रो गौरब हाम्रो पौरख, हाम्रो नेपाल।